ब्याजदर बृद्धिको विरोधमा बैक तथा वित्तीय संस्थाविरुद्ध सडकमा उत्रिए व्यवसायीहरु

१ बर्ष अगाडि

काठमाडौं - ब्याजदर बृद्धिको विरोधमा व्यवसायी माइतिघर मण्डला पुगेका छन् । शुक्रबार मौन विरोध कार्यक्रम आयोजना गर्दै व्यवसायीहरु माइतिघर मण्डला पुगेका हुन् ।

काठमाडौं उद्योग वाणिज्य संघको अगुवाइमा विरोध कार्यक्रम आयोजना गरिएको हो । वर्तमान अवस्थामा बैंक तथा वित्तीय क्षेत्रमा भएका अनुपयुक्त कदमहरु तथा बैंक तथा वित्तीय संस्थाले उद्योगी व्यवसायीले धान्नै नसक्ने ब्याज बृद्धि गरेको तथा अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्ने गतिविधि विरुद्ध राज्यलाई सचेत गराउन भन्दै विरोध कार्यक्रम आयोजना गरिएको हो । 

विरोध कार्यक्रममा बैंक तथा वित्तीय संस्थाले अचाक्ली बढाएको ब्याजदर घटाउनुपर्ने माग गरिएको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बृद्धिको विरोध लेखिएका ब्यानर समेत प्रस्तुत गरिएको छ ।

विरोध कार्यक्रममा उपत्यका भित्रका जिल्ला नगर उद्योग वाणिज्य संघहरु तथा बस्तुगत संघहरुको उपस्थिति रहेको छ । नियामक निकायले व्यवसायीस्को माग सम्बोधन गर्नुपर्ने व्यवसायी दिनेश श्रेष्ठले बताएका छन् । व्यवसायीहरुको माग सम्बोधन नभए देशैभरीका व्यवसायीसँग छलफल गरेर थप आन्दोलन चर्काउने श्रेष्ठले बताएका छन् । 

अहिले बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याज झण्डै शतप्रतिशतले बढाएकाले व्यवसायीहरु समस्यामा परेको भन्दै विरोधमा उत्रिएका हुन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया