मंसिर १ देखि लाइसेन्सको आवेदन लिने प्रणाली बन्द हुने

१ बर्ष अगाडि

काठमाडौं - सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को अनलाइन आवेदन लिने प्रणाली आगामी १ मंसिरदेखि बन्द गरिने भएको छ। 

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द हुने जनाएको छ। ‘अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुनेछ’, सूचनामा भनिएको छ। 

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विभागबाट कर्मचारीहरु खटिनुपर्ने भएकाले सेवा रोक्नुपरेको सूचनामा जनाइएको छ। यद्यपि, कहिलेदेखि प्रणाली खुल्छ भन्ने विषयमा विभागले केही खुलाएको छैन । 

१ बर्ष अगाडि

प्रतिक्रिया