मिसेलिन टायरको नयाँ शोरुम वीरगन्जमा

१ बर्ष अगाडि

काठमाडौं - मिसेलिन टायर ब्रान्डको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रालिले उक्त ब्रान्डको नयाँ शोरुम वीरगन्जको बाइपास रोडमा स्थापना गरेको छ । 

‘जय मा दुर्गा टायर हाउस’ नामक शोरुमको उद्घाटन कम्पनीका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले एक कार्यक्रमबीच गरेका छन् । 

ग्राहक एवं रिटेलरहरुको उपस्थिति रहेको उक्त समारोहमा शोरुमका सञ्चालक मदनप्रसाद यादवलाई बिक्रेता नियुक्तिसम्बन्धी प्रमाणपत्र वितरण गरिएको थियो । 

यसका साथै शोरुम उद्घाटनको अवसरमा ग्राहकलाई एक जोडी मिसेलिन टायरको खरिदमा एउटा ज्याकेट निःशुल्क प्रदान गरिएको छ ।  

जय मा दुर्गा टायर हाउसमा कमर्सिअल (ट्रक, टिपर, बस आदि) र पेसेन्जर ९ईभी, एसयूभी आदि० गाडीहरुका लागि विभिन्न मोडेलका मिसेलिन टायरहरु उपलब्ध छ ।  

मिसेलिन ब्रान्ड विश्वको नम्बर एक टायर ब्रान्डका रुपमा परिचित छ ।   

१ बर्ष अगाडि

प्रतिक्रिया