रियलमीद्धारा रियलमी C30s सार्वजनिक, कति पर्ला मूल्य ?

१ बर्ष अगाडि

काठमाडौं - विश्वकै प्रख्यात स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो सी सिरिजअन्तर्गत नयाँ रियलमी C30s सार्वजनिक गरेको छ ।

इन्डस्ट्री लिडिङ क्यापेसिटिभ फिंगरप्रिन्टद्वारा फोन अनलक हुने प्रविधि प्रयोग गरिएको रियलमी C30s सुरक्षा र गतिको उत्तम संयोजन हो। ५०००एमएएच ब्याट्री क्षमता, र एन्टी–स्लिप डिजाइन भएको रियलमी ऋघण्क ले प्रयोगकर्ताहरुलाई उत्कृष्ट एर्गोनोमिक्स प्रदान गर्दछ ।

लन्चमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘सस्तो दाममा बेस्ट फिचर भएको स्मार्टफोन चाहनेहरुका लागि यो राम्रो विकल्प हो। रियलमीमा हामी हाम्रा प्रयोगकर्ताका विभिन्न आवश्यकता समेट्न हरदम तत्पर रहन्छौँ । रियलमीको यो सी सिरिज, एन्ट्री–लेभल स्मार्टफोनहरुमा नविनतम प्रविधिहरु उपलब्ध गराउन पाउँदा मलाई गर्व लागेको छ। डिजाइन र टेक्नोलोजीको उत्तम संयोजन रहेको यो रियलमी ऋघण्क हाम्रा उपभोक्ताले मन पराइदिनुहुन्छ भन्नमा हामी विश्वस्त छौँ ।’

रियलमी C30s को मुख्य विशेषताहरुमध्ये एक यसको साइड–फिंगरप्रिन्ट सेन्सर हो। सी सिरिजमा रहेको फिंगरप्रिन्ट सेन्सरले तपाइँको स्मार्टफोनलाई मात्र ०.५८ सेकेन्डमा अनलक गर्न सक्षम बनाउनुका साथै तपाइँको निजी जानकारी सुरक्षित राख्न परिष्कृत सुरक्षा अनलक विधि प्रदान गर्दछ । ८एमए*१.६एमए क्षेत्रफल रहेको यो फिंगरप्रिन्ट सेन्सिङ एल्गोरिदम अधिक शक्तिशाली रहेको छ जसले उच्चतम सुरक्षा सुनिश्चित गर्दछ । 

माइक्रो–टेक्सचर एन्टी–स्लिप डिजाइन र अल्ट्रा–स्लिक ८.५ एमएम बडी भएको यो रियलमी C30s को तौल केवल १८२ ग्राम रहेको छ। यो स्मार्टफोनमा ६.५ इन्चको फुल स्क्रिन एलसीडी डिस्प्ले समावेश गरिएको छ। जसले प्रयोगकर्तालाई इमर्सिभ दृश्य अनुभव प्रदान गर्दछ। रियलमी C30s मा स्क्रिन–टु–बडी रेसियो ८८.७% रहेको छ । Unisoc अक्टा–कोर प्रोसेसरद्वारा सञ्चालित, रियलमी C30s ले प्रयोगकर्तालाई अत्यन्त सहज सञ्चालन अनुभव प्रदान गर्दछ। यसमा रहेको विशाल ५०००एमएएचको ब्याट्री र अल्ट्रा–सेभ मोडको साथ रियलमी ऋघण्क ले प्रयोगकर्तालाई लामो समयसम्म मनोरञ्जन प्रदान गर्दछ ।

८ एमपी एआई रियर क्यामेरा र ५ एमपी सेल्फी क्यामेरा समावेश गरिएको यस स्मार्टफोनले जीवनका प्रेरणादायी क्षणहरु क्याप्चर गर्न मद्दत गर्छ ।

यो स्मार्टफोन स्ट्राइप ब्लू र स्ट्राइप ब्ल्याक गरी दुई रङमा उपलब्ध हुनेछ। जसको मूल्य रु. १३,४९९ (२जीबी+३२जीबी) र रु. १५,९९९ (४जीबी+६४जीबी) रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया