दराज सेल ११ः११ सुरु : सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा १० हजार रुपैयाँसम्मको छुट

१ बर्ष अगाडि

काठमाडौं - दराज सेल ११ः११ मा सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले नगद १० हजार रुपैयाँ फ्ल्याट छुट पाउनेछन् । 

दराजको तर्फबाट ५ हजारदेखि ११ हजार १११ रुपैयाँसम्म नगद छुट जित्न सक्नेछन् । यो अफर भीजी सुजुकीले ५ नोभेम्वर देखि १९ नोभेम्वरसम्म दराजमा चल्ने ११ः११ सेल स्कीममा लागु हुनेछ ।

भीजी अटोमोबाइल्स सुजुकीका मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता हो । भीजी अटोमोबाइल्सले दराजको ११ः११ सेलमा आफ्ना स्कुटर तथा मोटरसाइकलको खरिदमा उक्त छुट दिने भएको हो ।

यो स्कीम दराज अप्पको सुजुकी फ्ल्यागशिभ स्टोरमा मात्र उपलब्ध हुने छ । दराज सेल ११ः११ मा ग्राहकले सुजुकी एभेनिस १२५, सुजुकी एसेस १२५, सुजुकी वर्गम्यान १२५, सुजुकी हायते र सुजुकी जिक्सर १५५ खरिद गर्न सक्नेछन् । 

ग्राहकले अप्प बाट सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गरेको फोटो र पैसा तिरेको भौचर सुजुकी शोरुमममा उपलब्ध गराए पश्चात कम्पनीले ग्राहकलाई डेलिभरी दिने छ ।

सन् २०२० यता भीजी सुजुकीले दराजसँग मिलेर क्याम्पेन चलाउँदै आएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया