नेपाली बजारमा सामसङ ग्यालेक्सी ए०४ भित्रियो, मूल्य कति ?

कात्तिक २४, २०७९ | आजको अर्थ
ajaako_artha

एजेन्सी - नयाँ पुस्ताका नयाँ मोबाइल फोन प्रयोगकर्ताहरूकालागि ग्यालेक्सी ए०४ ले नेपाली बजारमा ल्याएको छ । सामसङले नेपाली बजारमा थप किफायती दायराको स्मार्टफोन, सामसङ ग्यालेक्सी ए०४ ल्याएको हो ।

ग्यालेक्सी ए०४ फोनले सो मूल्य दायरामा सामसुङ रिलिजहरूको लागि क्यामेराको गुणस्तरमा ठूलो सुधार ल्याउनुको साथै अपग्रेडहरू पनि ल्याएको छ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भनेका छन्, हामीले सामसङमा सधैं हाम्रा ग्राहकहरूलाई विश्वासको भावना दिन सक्ने विश्वसनीय उत्पादनहरू लिएर आएका छौं। यही ब्रान्ड पेडिग्रीको साथ हामीले नयाँ एन्ट्री–लेभल स्मार्टफोन ग्यालेक्सी ए०४ लन्च गर्दै छौं जसले तपाईको सबै पलहरूलाई यसको उत्कृष्ट ५० एम पी क्यामेराबाट क्याप्चर गर्दछ र यसको ठूलो ज्वलन्त स्क्रिन र दलबी एत्मोसको उत्कृष्ट अडियोकोसँग तपाईंलाई गुणस्तर कन्टेन्ट खपतको अनुभव प्रदान गर्दछ ।

नयाँ ग्यालेक्सी ए०४ मा ५० एम पी क्यामेरा रहेको छ, जुन स्मार्टफोनको यो किफायती दायरामा उत्कृष्ट अपग्रेड रहेको छ । ५००० एम ए एच इन–बक्स ब्याट्री भएको १५ वाट फास्ट चार्जरले प्रयोगकर्ताहरूलाई फोनसँग थप समय दिन्छ।

यसका साथै, ६.५” फुल–स्क्रिन र डल्बी एटमसको आवाजको पनि अनुभव पाइनेछ । सामसङ ग्यालेक्सी ए०४ दुईवटा र्याम र स्टोरेज कन्फिगरेसनको साथ उपलब्ध छ । ४ जीबी + ६४ जीबी भेरियन्टको मूल्य १६ हजार ९९९ रूपैयाँ र ३ जीबी + ३२ जीबी भेरियन्टको मूल्य १४ हजार ९९९ रूपैयाँ रहेको छ । 

यो स्मार्टफोन कालो, कपर र हरियो गरी तीन रंगमा उपलब्ध छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१३१.८९१३२.४९
EUR (EUROPEAN EURO)१३८.४४१३९.०७
GBP (UK POUND STERLING)१६०.६२१६१.३५
CHF (SWISS FRANC)१३९.९०१४०.५४
AUD (AUSTRALIAN DOLLAR)८८.५९८८.९९
CAD (CANADIAN DOLLAR)९६.९०९७.३४
SGD (SINGAPORE DOLLAR)९७.१९९७.६३
JPY (JAPANESE YEN)१०९.६५९.७०
CNY (CHINESE YUAN)१८.८६१८.९५
SAR (SAUDI ARABIAN RIYAL)३५.०८३५.२४
QAR (QATARI RIYAL)३६.०९३६.२६
THB (THAI BAHT)३.७६३.७८
AED (UAE DIRHAM)३५.९१३६.०७
MYR (MALAYSIAN RINGGIT)३०.०१३०.१४
KRW (SOUTH KOREAN WON)१००९.९८१०.०३
SEK (SWEDISH KRONER)१२.७२१२.७७
DKK (DANISH KRONER)१८.६११८.७०
HKD (HONG KONG DOLLAR)१६.९५१७.०३
KWD (KUWAITY DINAR)४२९.६७४३१.६२
BHD (BAHRAIN DINAR)३४९.८४३५१.४३