टेलिकमको निर्वाचन अफर, अझ सहज दरमा डाटा र भ्वाइस प्याक

कात्तिक २७, २०७९ | आजको अर्थ
ajaako_artha

आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदानप्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताकासाथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको छ। 

यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ। डाटा प्याकअन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा रु. २९४ मा उपलब्ध छ। 

यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध छ। एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ। 

यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ। 

यो अफर आज (कात्तिक २७ गते) देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ। 

आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ। निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१३१.८९१३२.४९
EUR (EUROPEAN EURO)१३८.४४१३९.०७
GBP (UK POUND STERLING)१६०.६२१६१.३५
CHF (SWISS FRANC)१३९.९०१४०.५४
AUD (AUSTRALIAN DOLLAR)८८.५९८८.९९
CAD (CANADIAN DOLLAR)९६.९०९७.३४
SGD (SINGAPORE DOLLAR)९७.१९९७.६३
JPY (JAPANESE YEN)१०९.६५९.७०
CNY (CHINESE YUAN)१८.८६१८.९५
SAR (SAUDI ARABIAN RIYAL)३५.०८३५.२४
QAR (QATARI RIYAL)३६.०९३६.२६
THB (THAI BAHT)३.७६३.७८
AED (UAE DIRHAM)३५.९१३६.०७
MYR (MALAYSIAN RINGGIT)३०.०१३०.१४
KRW (SOUTH KOREAN WON)१००९.९८१०.०३
SEK (SWEDISH KRONER)१२.७२१२.७७
DKK (DANISH KRONER)१८.६११८.७०
HKD (HONG KONG DOLLAR)१६.९५१७.०३
KWD (KUWAITY DINAR)४२९.६७४३१.६२
BHD (BAHRAIN DINAR)३४९.८४३५१.४३