हिताची माईक्रोवेभ ओभन चार भेरियन्ट सहित नेपाली बजारमा उपलब्ध

१ बर्ष अगाडि

युनिभर्सल इलेक्ट्रोकम प्रा. लिमिटेडले नेपाली बजारमा हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ । चार भेरियन्टका साथ उपलब्ध माइक्रोवेभ ओभनका नयाँ श्रृङ्खलाहरुमा– २३ लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. मेकानिकल माइक्रोवेभ ओभन र डिसेम्बर २०२२ सम्ममा चौथो भेरियन्ट ३२ लि. कन्भेक्सन माइक्रोवेभ ओभन नेपाली बजारमा उपलब्ध हुनेछ । हिताचीको उच्च श्रेणीको माइक्रोवेभ ओभनहरूले उपभोक्ताहरूलाई स्वस्थ जीवनको फाइदाहरू र सहजै फ्याट, नुन र क्यालोरी घटाउने नवोत्पाद सुविधा प्रदान गर्दछ । साथै, हिताचीले यी माइक्रो ओभनमा १ वर्षको पूर्ण वारेन्टी र म्याग्नेट्रोनमा ५ वर्षको वारेन्टी प्रदान गर्दछ ।

“परिवर्तित जीवनशैली सँगै, माइक्रोवेभमा परम्परागत खाना पकाउने एक उपयुक्त वैकल्पिक समाधान भएको छ । ग्राहकहरुको बढ्दो मागलाई हेरेर हामीले माइक्रोवेभ ओभनको चार भेरियन्ट एकै पटक ल्याउने योजना बनाएका हौं । हिताचीले सहज जीवनयापनमा विश्वास गर्छ । हिताचीका यी मौलिक माइक्रोवेभ ओभनले उपभोक्ताहरूलाई समय बचत गर्न र उनीहरूको जीवनलाई सजिलो बनाउँदै बिजुलीको खपत घटाउन मद्दत गर्नेछ” कार्यकारी निर्देशक श्री सञ्जय अग्रवालले भने ।

डिजिटल ग्रिल माइक्रोवेभ ओभनः
डिजिटल ग्रिल माइक्रोवेभ ओभनका दुई मोडल HMR–DG2312 / HMR-DG201 ओभन क्षमता २३ लि. र  २० लि. मा उपलब्ध छ ।

HMR–DG2312 -23Lमा पुल–ओपन मिरर ग्लास फ्रन्ट डोर र आईनोस फ्रेम ह्यान्डलको साथ आधुनिक र सुविधाजनक डिजाइन समावेश गरिएको छ । यसको डिजिटल डिस्प्ले प्यानल प्रयोग गर्न सजिलो छ किनकि यसमा बारम्बार प्रयोग हुने कार्यहरूको सूचि समावेश गरिएको । यसमा ग्लास ट्रे र ग्रिल ¥याक छ । ५ माइक्रोवेभ लेभल– ८ प्रि–सेट कुकिंग मेनु, समय र तौल अनुसार डिफ्रोस्ट, मल्टी–स्टेज कुकिंग, माइक्रोवेभ कुकिंग, ग्रिल कुकिंग, अटो रिहिट आदिको साथमा मल्टिफङ्शनल छ । यसको ८ प्रि–सेट अटो–कुक मेनुले समय बचत गर्न मद्दत गर्छ । भान्साकोठा र खानाको लागि पकाउने समय स्वचालित रूपमा सेट गरेर निरीक्षण गर्न आवश्यक पर्दैन ।

HMR-DG2012 (२० लि.) मा कम्प्याक्ट डिजाइन र घडीको साथ ठूलो डिजिटल एलईडी डिस्प्ले जडान छ । यसको ग्लास फ्रन्ट डोर, ग्लास ट्रे प्रयोग गर्न र सफा गर्न सहज छ । यसमा ६ माइक्रोवेभ लेभल, वन टच ९ अटो कुकिंग प्रि–सेट, माइक्रोवेभ कुकिंग, ग्रिल कुकिंग, वजन द्धारा डिफ्रोस्ट र समय, अटो रिहिट, चाइल्ड सेफ्टी लक, मल्टिस्टेज कुकिंग, क्विक स्टार्ट आदि जस्ता उत्कृष्ट सुविधाहरू छन् ।

हिताची डिजिटल माइक्रोवेभ ओभनले एकै समयमा ग्रिल र माइक्रोवेभको संयोजनमा कार्यहरू गर्दछ जसले खानालाई स्वादिष्ट र क्रिस्पी बनाउनुका साथै  भान्साको बहुमूल्य समय बचत गर्दछ । यसबाहेक, यी नवीन माइक्रोवेभ ओभनहरू क्रमशः कालो र सिल्भर कलरमा उपलब्ध छ ।

मेकानिकल माइक्रोवेभ ओभनः
मेकानिकल माइक्रोवेभ ओभन–मोडेल कोड HMR–M2002 २० लि. ओभन क्षमतामा उपलब्ध छ । यो कम्प्याक्ट डिजाइनमा उपलब्ध भएकाले सानो, शक्तिशाली र कुशल हुनुका साथै भान्साको ठाउँ धेरै आगट्दैन । यो मेकानिकल माइक्रोवेभ ओभन सञ्चालन गर्न सजिलो छ त्यसैले यो प्रयोगकर्ता मैत्री छ । यसले पुनः तताउने कार्य छिटो र सहज रूपमा खानालाई डिफ्रोस्ट गर्ने सुविधा दिन्छ । यसमा सजिलै सफा गर्नको लागि ग्लास ट्रेको साथ मेकानिकल कन्ट्रोल प्रणाली राखिएको छ । यो किफायती मूल्य र कालो रंगमा उपलब्ध छ ।

कन्भेक्सन माइक्रोवेभ ओभनः
कन्भेक्सन माइक्रोवेभ ओभन Model code HMR–DC321232L ३२ लि. ओभन क्षमता डिसेम्बर २०२२ सम्ममा उपलब्ध हुनेछ । यो अगाडिको बाहिरी भागमा स्टेनलेस स्टीलका साथ आधुनिक टच र सजिलै सफा गर्न, मिरर ग्लास र  स्टेनलेस स्टील क्याभिटीेका साथ डिजाइन गरिएकोे छ । माइक्रोवेभ र कन्भेक्सन कार्यको संयोजनले खाना पकाउने प्रक्रियालाई गति दिन मद्दत गर्दछ । यसमा ग्लास ट्रे र बेक ट्रे समावेश छ । यसले साधारण कन्ट्रोल प्यानलको साथ, क्विक स्टार्ट, प्रि–सेट कुकिंग, माइक्रोवेभ र ग्रिल कुकिंग, तौल र समय अनुसार डिफ्रोस्ट, स्वतः पुनः तताउने, अटो कुकिंग मेनु, चाइल्ड सेफ्टी लक, र मल्टि–स्टेज कुकिंग लगायत उत्कृष्ट कार्यक्षमता प्रदान गर्दछ । स्वतः कुक मेनुले ९ प्रिसेटहरुको कार्यहरू प्रदान गर्दछ जसले खानाको लागि स्वचालित रूपमा पकाउने समय सेट गरेर समय बचत गर्न मद्दत गर्दछ ।

यी प्राविधिक रूपमा उच्च माइक्रोवेभ ओभनहरूले खाना पकाउने समय कम, भित्रसम्मै तातो र समान रूपमा सबै पोषण मूल्यहरू सुरक्षित छन् भनी सुनिश्चित गर्दछ ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया