विद्युत प्राधिकरणको चेतावनीपछि तार व्यवस्थापन सुरु

१ बर्ष अगाडि

काठमाडौं - नेपाल विद्युत प्राधिकरणको ठाडो निर्देशनपछि इन्टरनेट सेवाप्रदायकले अव्यवस्थित तार व्यवस्थापन गर्न सुरु गरेका छन । इन्टरनेट, तथा केबललगायत अप्टिकल फाइबर व्यवस्थापन गर्नुपर्ने भन्दै विद्युत प्राधिकरणले गत दुई हप्ता अघि सार्वजनिक सुचना जारी गरेको थियो ।

सार्वजनिक सूचनासँगै प्रत्येक सेवाप्रदायकलाई नयाँ मापदण्डसहित गत हप्ता पत्र समेत पठाएको थियो । प्राधिकरणको पत्रसँगै सेवाप्रदायकले प्रशासनिक क्षेत्र सिंहदरबार वरपरबाट तार व्यवस्थापन सुरु गरेको छ ।

इन्टरनेट सेवाप्रदायक संघले भनेको छ ‘राजधानीको मुटु सिंहदरबार वरिपरि व्यवस्थापन कार्य नेपाल दूरसंचार प्राधिकरण, काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरी कार्यालय ९काठमाडौँ उपत्यका०, नेपाल बिद्युत प्राधिकरण समेतको सहकार्यमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले शनिबारदेखि तार व्यवस्थापन कार्य सुरु गरेको छ ।’

आईस्पानले तार व्यवस्थापनको दीर्घकालिन समाधान भनेको पूर्वाधार कम्पनी भएपनि अल्पकालिन रुपमा तार व्यवस्थापना गर्न लागिएको जनाएको छ । यस अघि विद्युत प्राधिकणले ४५ दिनभित्र तार व्यवस्थापन नगरे प्राधिकरण आफैले तार काट्ने चेतावनी दिएको थियो । 

निर्देशनसँगै प्राधिकरणले तार व्यवस्थापन गर्न विभिन्न मापदण्ड पनि तोकेको थियो । 

१ बर्ष अगाडि

प्रतिक्रिया