मेरो माइक्रोफाइनान्सले तीन महिनामा कमायो २ करोड ५५ लाख नाफा, ८४.३७ प्रतिशत घाटा

१ बर्ष अगाडि

काठमाडौं - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ८४.३७ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिमा संस्थाले १६ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ८५.२४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले २३ करोड ३७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ३ करोड ४५ लाख रुपैयाँमा सीमित भएको छ । 

पहिलो त्रैमासमा संस्थाले २० करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३१ करोड ५४ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि ३६.०७ प्रतिशतले ओरालो लागेको छ । 

पहिलो त्रैमासमा संस्थाको एनपीएल घटेर ४.८९ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यही अवधिमा एनपीएल ४.९६ प्रतिशत थियो । वार्षिकीकृत संस्थाको ईपीएस ८४.३६ प्रतिशतले घटेर ८.५३ रुपैयाँमा झरेको छ ।

अघिल्लो वर्ष यही अवधिमा ईपीएस ५४.५५ रुपैयाँ थियो । पीई रेसियो ८९.११ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७२.१८ रुपैयाँ रहेको छ । चुक्तापुँजी १ अर्ब २० करोड रुपैयाँ संस्थाको रिजर्भको आकार ३.४४ प्रतिशतले बढेर ४९ करोड ३९ लाख रुपैयाँको भएको छ । 

अघिल्लो वर्ष रिजर्भमा ४७ करोड ७५ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा संस्थाले ९ अर्ब ६९ करोड रुपैयाँ सापटी लिई १५ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । 

अघिल्लो वर्ष यही अवधिमा संस्थाले १० अर्ब ३९ करोड रुपैयाँ सापटी लिई १६ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

१ बर्ष अगाडि

प्रतिक्रिया