तीन महिनामा युनियन हाइड्रोको नाफा ७.७६ प्रतिशतले बढ्यो, ईपीएस कति ?

१ बर्ष अगाडि

काठमाडौं - तीन महिनामा युनियन हाइड्रोपावर लिमिटेडको खुद नाफा ७.७६ प्रतिशतले बढेको छ । कमपनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

गत वर्ष १ करोड ३३ लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर १ करोड ४४ लाख रुपैयाँ भएको छ । यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी बढेर २ करोड ८५ लाख रुपैयाँ भएको छ । 

अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । चुक्तापुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ३ करोड ३३ लाख रुपैयाँले ऋणात्मक भएको छ 

 गत वर्ष पनि रिजर्भ ६ करोड २२ लाख रुपैयाँले ऋणात्मक थियो । कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ७.६९ रुपैयाँ, पीई रेसियो २२.७४ गुणा र प्रतिसेयर नेटवर्थ ९५.५५ रुपैयाँ रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया