चिलिमे जलविद्युत को नाफा  २.१४ प्रतिशतले बढेर २० करोड ७८ लाख पुग्यो

१ बर्ष अगाडि

काठमाडौं - तीन महिनामा चिलिमे जलविद्युत कम्पनी लिमिटेडको खुद नाफा २.१४ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार गत वर्ष २० करोड ३५ लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर २० करोड ७८ लाख रुपैयाँ भएको छ । यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी बढेर ३५ करोड ५८ लाख रुपैयाँ भएको छ । 

अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३५ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो हिसाबले विद्युत बिक्रीको आम्दानी १.१८ प्रतिशतले बढेको छ । 

चुक्तापुँजी ६ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन अर्निङ घटेर ३ अर्ब ८३ करोड रुपैयाँमा सीमित बनेको छ । गत वर्ष रिटेन अर्निङ ४ अर्ब २ करोड रुपैयाँ थियो । 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) थोरै घटेर १२.१९ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस १२.८३ रुपैयाँ थियो । पीई रेसियो २९.७७ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५६.७७ रुपैयाँ रहेको छ ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया