हाइसेन्ससँगको साझेदारीमा राकुटेन भाइबरले आफ्नो नयाँ र रोमाञ्चक फुटबल अभियानको साथ फुटबल फिभरलाई नयाँ उचाइमा पुर्याउँदै

१ बर्ष अगाडि

काठमाडौँ-निजी र भ्वाइस बेस्ड कम्यूनिकेशनमा विश्वकै अग्र स्थानमा रहेको राकुटेन भाइबरले विश्वव्यापी फुटबलप्रेमीहरूका लागि गोल नामक च्यानल र नेपाली फुटबुलप्रेमीहरूका लागि फुटबल उत्सव च्यानल सार्वजनिक गरेको छ । फुटबल उत्सव च्यानल, नेपाली फुटबलप्रेमीहरू प्रति समर्पित यस्तो च्यानल हो, जहाँ समर्थकहरू आफू जस्तै फुटबलमा रुचि राख्ने सबैलाई चिन्न पाउने, फुटबल खेलाडी, खेलकुद पत्रकार र म्याच कमेन्टेटरसँग प्रत्यक्ष प्रतिक्रियात्मक गतिविधिमा सामेल हुन पाउँने अवसरहरू पाउन सक्नेछन् । प्रयोगकर्ताहरूले खेलकुदिय गुणहरू संङ्गाली बनाइएको सुविधात्मक च्याटबट, एआर लेन्सहरू र विल्कुलै नयाँ स्टिकर प्याक र भिजुअलमा गेमहरूको चहलपहलको आन्नद लिन पाउँनेछन् ।

भाइबरको २०२२ को फुटबल  अभियानले आफ्नो प्रयोगकर्ताहरूलाई अनुमान गर्नुहोस् र जित्नुहोस् प्रतियोगिताको साथ खेलकुदको उत्सवलाई थप जिवन्त पार्नेछ जहाँ च्यानलका सदस्यहरूले गेमहरूबारे सही भविष्यवाणी गरी साप्ताहिक पुरस्कारहरू जित्न सक्नेछन् । स्थानीय रूपमा भाइबरले हाइसेन्स ब्राण्डका आधिकारिक विक्रेता नवीन डिस्ट्रिब्युटर्ससँग साझेदारी गरेको छ । हाइसेन्स ब्राण्ड बिश्व स्तरमा घरेलु तथा विद्युतीय उपकरणहरू निर्माण गर्ने ख्याती प्राप्त कम्पनी हो । यस साझेदारी अनुसार ५ भाग्यशाली प्रयोगकर्ताहरूले सहि अनुमान गरेमा भाइबरको तर्फबाट नोभेम्बर २० देखि– डिसेम्बर १८ सम्म हाइसेन्सको ३२” वा ४३” इन्चको टिभी सेट जित्न सक्नेछन् । यस रमाइलो अभियानमा देशको सम्मानीत कमेन्टेटर तथा खेलाडीहरूको पनि सहभागीता रहनेछ ।

प्रयोगकर्ताहरूले म्याच भइरेहेको समयमा आफूलाई अभिव्यक्त गर्न मद्दत गर्ने फुटबलमा आधारीत स्टिकरहरूको पनि प्रयोग गर्न सक्नेछन् ।नोभेम्बर २१, २०२२ बाट स्टिकर प्याक डाउनलोड गर्नका लागि उपलब्ध हुने छन् ।

नेपालीहरू जहिले पनि आफ्नो लगाव र प्रेमका लागि चिनिन्दै आएको छन्, र एक–आपसबीच सद्भाव कायम राखिराख्न फुटबल अचुक माध्यम बन्दै आएको छ । आफ्नो एप मार्फत्  फुटपलप्रेमीहरूलाई एक आपससँग जोडिन मद्दत गर्दै भाइबर यस आत्मियतालाई थप सुमधुर र प्रगाढ बनाउने उद्देश्य राख्दछ । फुटबलप्रेमीहरूको उत्साहलाई उत्कर्षमा पुर्याउनका अतिरिक्त उनीहरू आफूलाई विशेष लाग्ने फुटबल खेलाडीहरूसँग नजिक हुने मौका पनि पाउँनेछन् ।

“यस अभियानको मूल अभिप्राय भनेको हाम्रा प्रयोगकर्ताहरूलाई फुटबल गतिविधिमा संलग्न हुन र एक आपससँग जोडिन मद्दत गर्ने अवसर प्रदान गर्नु हो । यसका अतिरिक्त, प्रयोगकर्ताहरूका लागि यस पटक हामीले विद्युतीय उपकरणहरूमा देशकै सर्वाधिक विश्वसनीय ब्राण्ड हाइसेन्सका साथ भब्य पुरस्कारहरु र रोचक अन्तरक्रियात्मक सामाग्रीहरू पनि लिएर आएको छौँ ।” अभियानबारे उत्साहपूर्व बोल्दै राकुटेन भाइबरका लागि एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले बताउनुभयो ।

“ नेपालीहरू फुटबल प्रति कति चासो राख्छन् भनेर हामीलाई राम्रोसँग थाहा छ र उनीहरूको प्रिय टिमहरूको विजयलाई उनीहरू र उनीहरूको परिवार, साथीभाइहरूसँग मनाउन पाएकोमा हामी अत्यन्तै हर्षित छौँ ।”  अभियानको बारे बोल्दै, नेपालमा हाइसेन्स ब्राण्डका आधिकारिक वितरक, नविन डिस्ट्रिब्युटर्सका डाइरेक्टर ,आशिष तिब्रेवालाले बताउनुभयो ।

फुटबलप्रेमीहरू अब फुटबल उत्सव च्यानलमा जोइन गर्न सक्नेछन्, जहाँ उनीहरू आफूजस्तै फुटबलमा रुचि  राख्नेहरूसँग जोडिने अवसर पाउँनुको साथै खेलहरुको तत्काल प्रगती र अन्य रोचक सामाग्रीहरू पाउँनेछन् र आफ्ना साथीभाइ, परिवार वा चिनेजानेकाहरूलाई मेसेज गर्दा  उनीहरूले फुटबल च्यालेन्ज, चियरिङ गोल्स वा फुटबल का अन्य कुराहरुका साथै विश्वव्यापीस्थानीय फुटबल स्टिकर प्याकहरू पनि ट्राई गर्न सक्नेछन् ।

राकुटेन भाइबरको बारेमाः

राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो । भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान–टु–वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्रिया जस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन् । भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ । राकुटेन भाइबर, राकुटेन ग्रुप आइएनसीको एक हिस्सा हो, ई–कमर्स र वित्तीय सेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो ।

१ बर्ष अगाडि

प्रतिक्रिया