साताको अन्तिम दिन सुनको मूल्य सामान्य वृद्धि, चाँदीको मूल्य भने घट्यो

१ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य तोलामा १०० रुपैंयाले बढेर प्रतितोला ९८ हजार १०० रुपैंया कायम भएको छ । हिजो मंसिर १ गते सुनको मूल्य ९८ हजार रुपैंया रहेको थियो ।

यस्तै, तेजावीको सुनको मूल्य आज ९७ हजार ६०० रुपैंया कायम भएको छ ।

सुनको मूल्य बढेपनि शुक्रबार चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदीको मूल्य तोला ५ रुपैंयाले घटेर प्रतितोला १ हजार २८० रुपैंयामा किनबेच भएको छ । हिजो चाँदीको मूल्य तोलाको १ हजार २८५ रुपैंया रहेको थियो । 

१ बर्ष अगाडि

प्रतिक्रिया