तोरी बाली पछिल्लो समय उत्पादन घट्दो क्रम

मंसिर ५, २०७९ | आजको अर्थ
ajaako_artha

काठमाडौं /तोरी बालीका लागि प्रख्यात दाङमा पछिल्लो समय उत्पादन घट्दो क्रममा छ । किसानले खेतबारीमा प्रशस्त तोरी खेती गर्ने गरे पनि पछिल्लो समय त्यो क्रम घट्दै गएको हो। 

कुनै समय दाङको तोरी अन्य जिल्लाहरूमा बिक्री हुने गथ्र्यो तर पछिल्लो समयमा दाङ तोरी उत्पादनमा परनिर्भर हुन थालेको छ। स्थानीयले तोरीको तेलको साटो सूर्यमुखी र भटमासको तेल प्रयोग गर्न थालेको स्थानीय गीता विष्ट बताउनुहुन्छ। केही वर्षअघिसम्म तोरीकै तेलले वर्षभर खान पुग्ने भए पनि पछिल्लो समय घरको उत्पादनले पनि नपुगेपछि बजारबाट खरिद गर्न थालेको उहाँ बताउनुहुन्छ। “घरमा आफैँ खेती गर्दा वर्षभरि खाने तेल उत्पादन हुन्थ्यो तर अहिले खेती गर्दैनौँ,” उहाँले भन्नुभयो, “खेतबारी अधियाँलाई दिएपछि खाने तेल बजारबाट किन्नुपर्छ।” किसानले खेती गर्न छाडेसँगै जिल्लामा तोरी उत्पादन घट्दै गएको तेल मिल सञ्चालक मोहन वलीले बताउनुभयो । तोरी उत्पादन घटेसँगै तेल मिलसमेत विस्तारै विस्थापित हुने क्रममा रहेको जानकारी उहाँले दिनुभयो। “गाउँघरमा पहिले खेती हुँदा मिलहरू चल्ने गरेका थिए तर अहिले खेती कम हुँदै गएको छ,” उहाँले भन्नुभयो। ग्रामीण क्षेत्रमा पनि खेती नगर्ने र तेल बजारबाट किनेर ल्याउन थालेपछि तेल मिल विस्थापित हुन थालेको उहाँको भनाइ छ। उहाँका अनुसार हाल प्रतिलिटर तोरीको तेलको मूल्य करिब चार सय रुपियाँ पुगेको छ। 

स्थानीयले सस्तो मूल्य खोज्ने भएकाले भारतको तेल बढी मात्रामा प्रयोग हुने गरेको छ । मिलमा तोरी पेल्न र तेल किन्न आउनेको सङ्ख्या घट्दै गएको मिल सञ्चालकको भनाइ छ। जिल्लामा करिब १७ हजार हेक्टरमा मात्र अहिले तोरी खेती हुने गरेको छ । तोरी उत्पादन घट्नुमा जग्गा प्लटिङ, प्राङ्गारिक मल र सिँचाइको समस्या मुख्य रहेको कृषि प्राविधिक माधव केसी बताउनुहुन्छ। दाङमा तोरी खेती गर्ने जग्गा प्लटिङ हुनु, माटो बिग्रनु र असन्तुलित रासायनिक मलको प्रयोगले तोरीको उत्पादन बर्सेनि घट्दै गएको उहाँले जानकारी दिनुभयो। 

तोरी उत्पादन घट्न थालेपछि जिल्लामा यसको उत्पादन बढाउन केही गाउँपालिकामा तोरी जोन कार्यक्रम लागू भएसँगै स्थानीय निकायअन्तर्गत कृषि शाखा तथा अन्य सम्बन्धित कार्यालयले उन्नत बीउ वितरण गर्दै आएका छन् । माटोमा अम्लीयपना र सधैँ एउटै बाली लगाउँदा समस्या हुने गरेको कृषि प्राविधिक केसी बताउनुहुन्छ। “पहिले दाङको तोरीको तेल राष्ट्रियस्तरमा प्रख्यात थियो,” उहाँले भन्नुभयो, “अहिले त उत्पादन घट्दै गएको छ। तोरीको तेल किन्नुपर्ने बाध्यता छ।” 

दाङमा तोरी धेरै खेती हुने भएकाले माहुरीको चरनका लागि अन्यत्र जिल्लाबाट यहाँ माहुरीसमेत ल्याइने गरिन्छ। पछिल्लो समय तोरी छर्ने जमिन केही बाँझै छन् भने केही जग्गा खण्डीकरण भइसकेका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१३१.८९१३२.४९
EUR (EUROPEAN EURO)१३८.४४१३९.०७
GBP (UK POUND STERLING)१६०.६२१६१.३५
CHF (SWISS FRANC)१३९.९०१४०.५४
AUD (AUSTRALIAN DOLLAR)८८.५९८८.९९
CAD (CANADIAN DOLLAR)९६.९०९७.३४
SGD (SINGAPORE DOLLAR)९७.१९९७.६३
JPY (JAPANESE YEN)१०९.६५९.७०
CNY (CHINESE YUAN)१८.८६१८.९५
SAR (SAUDI ARABIAN RIYAL)३५.०८३५.२४
QAR (QATARI RIYAL)३६.०९३६.२६
THB (THAI BAHT)३.७६३.७८
AED (UAE DIRHAM)३५.९१३६.०७
MYR (MALAYSIAN RINGGIT)३०.०१३०.१४
KRW (SOUTH KOREAN WON)१००९.९८१०.०३
SEK (SWEDISH KRONER)१२.७२१२.७७
DKK (DANISH KRONER)१८.६११८.७०
HKD (HONG KONG DOLLAR)१६.९५१७.०३
KWD (KUWAITY DINAR)४२९.६७४३१.६२
BHD (BAHRAIN DINAR)३४९.८४३५१.४३