मतगणना अपडेट :  कांग्रेस र एमालेबीच कडा टक्कर, काँग्रेसले ४४ ठाउँमा अग्रता कायम गर्दा एमालेको ४२, कहाँ कहाँ ?

१ बर्ष अगाडि

काठमाडौं-अहिले देशभर मतगणना चलिरहेको छ । 

पछिल्लो अपडेट अनुसार सबैभन्दा अगाडि नेपाली काँग्रेस रहेको छ भने  दोस्रोमा नेकपा एमाले र तेस्रोमा माओवादी केन्द्र देखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी चौंथो स्थानमा छ ।

एक बजेसम्म नेपाली काँग्रेसले ४४ ठाउँमा अग्रता कायम गरेको छ भने ४ ठाउँमा जित हासिल गरेको छ ।

जसमा काठमाडौं–४ मा गगन थापा, काठमाडौं १ मा प्रकाशमान सिंह, मनाङ १ बाट टेक बहादुर गुरुङ, मुस्ताङ १ बाट योगश गौचनले जित निकालेका छन ।

हालसम्म काँग्रेसले काभ्रे २, काठमाडौं क्षेत्र नम्बर–५, नवलपुर–२, सिराहा २, रामेछाप १, सिन्धुपाल्चोक २, म्याग्दी १, दाङ ३, दार्चूला, पर्वत १, रसुवा १, कञ्चनपुर २, बाँके ३ मा अग्रता कायम गरेको छ ।

त्यसैगरी धादिङ २, कञ्चनपुर ३, सुनसरी ४, रौतहट ४, नवलपरासी १, नुवाकोट २, गोरखा १, ओखलढुङ्गा १, भक्तपुर २, उदयपुर १, काठमाडौं १० सहित अन्य ठाउँमा काँग्रेसले अग्रता कायम गरेको छ ।

त्यस्तै एमालेले ललितपुर २ मा जितसँगै ४२ ठाँउमा अग्रता कायम गरेको छ । हालसम्म काँग्रेस र एमाले बीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

खासगरी एमालेले झापा, प्युठान, पाँचथर, इलाम, गुल्मी, धादिङ, चितवन २, पाल्पा, अर्घाखाँची, रुपन्देही १ लगायतका क्षेत्रमा अग्रता कायम गरेको छ ।

माओवादीको रुकुम, रोल्पा, सिन्धुली, खोटाङ, दाङ, गोरखा, मोरङ लगायतका १३ स्थानमा अग्रता कायम गरेको छ ।

चौँथो प्रतिस्पर्धीको रुपमा राष्ट्रिय स्वतन्त्र ९रास्वपा० पार्टी देखिएको छ । रास्वपाले सुनसरी १, काठमाडौं ६, सुनसरी २, चितवन १, काठमाडौ ३, काठमाडौं २, ललितपुर ३ लगायतका स्थानमा अग्रता कायम गरेको छ ।

यी सहित राप्रपा ७ स्थानमा, एकीकृत समाजवादी ६ स्थानमा , नागरिक उन्मुक्ति पार्टी ३ स्थानमा , जसपा ४ स्थानमा  र जनमत पार्टीको १ स्थानमा अग्रता रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया