बुधबार सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?

१ बर्ष अगाडि

काठमाडौं- नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बुधबार ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ कायम भएको छ। 

हिजो पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुनको मूल्य ९७ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य९६ हजार ७०० रुपैयाँ रहेको थियो । 

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो। 

१ बर्ष अगाडि

प्रतिक्रिया