रिडी पावरको शेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टिकरण

१ बर्ष अगाडि

काठमाडौं- रिडी पावरको शेयर कारोबार रोक्का भएको छ। कम्पनीले बजार चलिरहेकै समयमा बोर्ड बैठक राखेर राखेर लाभांश घोषणा गरेपछि कम्पनीको शेयर कारोबार रोक्का भएको हो । 

नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का राखि स्पष्टिकरण सोधेको छ।

रिडी पावरले मंगलबार बिहान ११ बजे बोर्ड बैठक राखेर ४० प्रतिशत बोनस शेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो भने सो को सुचना बेलुका मात्रै दिएको थियो। सोहि कारण नेप्सेले आज बुधबार कम्पनीको शेयर कारोबार रोक्का गरेको हो।

१ बर्ष अगाडि

प्रतिक्रिया