गुल्मी २ मा  गोकर्ण बिष्टको ह्याट्रिक, तेस्रो पटक सांसद बने

१ बर्ष अगाडि

गुल्मी क्षेत्र नम्बर २बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् ।

बिष्टले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै लगातार तेस्रो पटक सांसद भएका छन् । बिष्टले २८ हजार ४७६ मत पाउँदा झाक्रीले २६ हजार ४४२ मत पाइन् ।

बिष्टले २०३४ मतको अग्रता सहित जित हात पारेका हुन् । निर्वाचन आयोगले आधिकारिक घोषणा भने गर्न बाँकी छ ।

विष्टले २७० र २०७४ को चुनाव पनि जितेका थिए । यो जितसँग उनले संसदीय चुनावमा ह्याट्रिक पुरा गरेका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया