बिहीबार शेयर बजारमा वृद्धि, कारोबार रकम भने घट्यो

१ बर्ष अगाडि

काठमाडौं-साताको अन्तिम कारोबारको दिन शेयर बजार बढेर बन्द भएको छ । 

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ११.५६ अंक बढेर १९३३.५५ विन्दुमा पुगेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३२ स्टकको १८ हजार ४९५ पटकको कारोबारमा ९२ करोड ५१ लाख ७४ हजार रुपैयाँ बराबरको २५ लाख ६९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन घलेम्दी हाइड्रो र आरएमडिसी लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त वित्तीय संस्था र सिनर्जी पावर डेभलपमेन्टको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन २.८९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक नै शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ७ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको करिब ७ करोडको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन निर्जीवन बीमा उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। यस दिन विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन ०.०४ प्रतिशत घटेको छ।

१ बर्ष अगाडि

प्रतिक्रिया