बैंक अफ काठमाण्डूको शेयरमूल्य नेप्सेमा समायोजन

१ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बैंक अफ काठमाण्डूको शेयरमूल्य समायोजन गरेको छ । 

बैंकले ६ प्रतिशत बोनस शेयर वितरण प्रयोजनका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

बैंकको शेयर कारोबार रोक्का हुनुभन्दा अघि कायम बैंकको शेयरमूल्य २२७ रुपैयाँ १० पैसाका आधारमा नेप्सेले ६ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य २१४ रुपैयाँ २५ पैसा कायम गरेको छ ।

सोही मूल्यकै आधारमा अब बैंकको शेयर फुकुवा भएपछि कारोबार खुल्नेछ । बैंक अफ काठमाण्डू ग्लोबल आइएमई बैंकसँग मर्ज हुन सम्झौता भएसँगै कम्पनीको शेयर कारोबार रोक्का रहेको छ ।

 

१ बर्ष अगाडि

प्रतिक्रिया