आजदेखि नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) सुरु हुँदै

१ बर्ष अगाडि

काठमाडौं- आजदेखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सुरु हुँदैछ । सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ ९ दिनसम्म चल्ने महोत्सवको आज शुक्रबार दिउँसो २ बजे थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा भव्य उदघाटन हुँदैछ ।

भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आथित्यतामा निटफेस्ट २०२२ को दोस्रो संस्करण सुरु लागेको हो । त्यस्तै उदघाटन समारोहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, विभिन्न लगायतले कलाप्रेमीहरुमाझ सम्बोधन गर्नेछन् ।

१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रमको तालिका सार्वजनिक गरेको महोत्सवमा विश्वभरीबाट २०० भन्दा बढी नाट्य कलाकारहरु सहभागी हुँदैछन् । महोत्सवले सिर १७ सम्मको लागि बिहान ८ बजेदेखि साँझ ७स्३० बजेसम्म नाटक मञ्चन तथा विविध कार्यक्रमको तालिका निकालेको छ ।

महोत्सवमा सहभाभी हुन ‘पद्यश्री’ र ‘पद्य भूषण’बाट सम्मानित अभिनेत्री शबाना आजमी, विभिन्न देशका नाट्य टोली, निर्देशकहरु काठमाडौं आइसकेका छन् ।

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया