कोरिया रोजगारीका लागि आवेदन माग

१ बर्ष अगाडि

काठमाडौं / रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ दक्षिण कोरिया जानेका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सन् २०२३ मा कृषि तथा पशुपालनका लागि छ हजार कामदारको माग आएकाले पुस ४ देखि ८ गतेसम्म आवेदन दिन सक्ने गरी आवेदन माग गरेको हो ।

ईपीएस शाखाका अनुसार कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षाको पहिलो चरणको परीक्षा आउँदो माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ भने दोस्रो चरणको परीक्षा फागुन ८ देखि फागुन २६ गतेसम्म हुनेछ । सबै परीक्षा काठमाडौँमा नै सञ्चालन हुनेछ । एक दिनमा चार सिफ्टमा परीक्षा सञ्चालन गरिने ईपीएस कोरिया शाखाले जनाएको छ ।

यस्तै भाषा परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको पहिलो चरणको सीप परीक्षण फागुन ३ देखि ५ गतेसम्म हुनेछ भने दोस्रो चरणको सीप परीक्षण चैत १ देखि ३ गतेसम्म हुने ईपीएस शाखाले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया