दोलखाबाट प्रतिनिधिसभामा माओवादीका गङ्गा कार्की विजयी

१ बर्ष अगाडि

दोलखा / दोलखाबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गङ्गा कार्की विजयी हुनुभएको छ ।

कार्कीले एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १७ को मतान्तरमा हराउँदै विजयी हुनुभएको हो। कार्कीले ३६ हजार ७९९ मत ल्याउँदा एमालेका शिवाकोटीले ३६ हजार ४८२ मत ल्याउनुभयो ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १६४ निर्वाचन क्षेत्रको मत परिणाम आइसक्दा दोलखाको मात्रै आउन बाँकी थियो ।

त्यस्तै, दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका कुन्दनराज काफ्ले विजय हुनुभएको छ । 

उहाँले २३ हजार तीन सय ३१ मत प्राप्त गर्नुभएको छ भने  एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गर्नुभएको थियो । प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित हुनुभएको छ । 

 

१ बर्ष अगाडि

प्रतिक्रिया