लगातार उकालो लाग्दै सुनको मूल्य, तोलाको १ लाख नजिक

१ बर्ष अगाडि

सुन–चाँदीको मूल्य लगातार उकालो छ ।  आज पाँचौँ दिन सुन–चाँदीको मूल्य बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला सुनको ९९ हजार ९०० रुपैयाँ र तेजाबी सुनको ९९ हजार ४०० रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार पनि सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला सुन गोल्ड ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो। 

१ बर्ष अगाडि

प्रतिक्रिया