तराईमा हुस्सु, काठमाडौंको तापक्रम ६.८ डिग्रीमा झर्‍याे

१ बर्ष अगाडि

काठमाडौं / देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतत तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ ।

मौसमविदहरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ । 

पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ । तर, मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

एक किलोमिटर भन्दा कम पारदर्शिता हुँदा कुहिरो र त्यसभन्दा बढी पारदर्शिता हुँदा हुस्सु लाग्ने सम्भावना धेरै हुन्छ ।

हाल पहाडी भूभागमा आंशिक बदली छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया