५ दिनपछि तोलामा रु.६०० ले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

१ बर्ष अगाडि

काठमाडौं- पछिल्लो ५ दिनदेखि उकालो लागेको सुनको मूल्य आज (मंगलबार) भने घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला सुनको मूल्य ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको ९८ हजार ८०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला सुन ९९ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो। 

१ बर्ष अगाडि

प्रतिक्रिया