नेपाल इन्भेस्टमेन्ट बैंकको शेयरमूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

१ बर्ष अगाडि

काठमाडौं- नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन भएको छ । 

नेप्सेले गत आर्थिक वर्षको बोनस शेयरका लागि नेपाल इन्भेस्टमेन्ट बैंकको शेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २४२.१२ रुपैयाँ कायम गरेको हो। आज कारोबार बन्द हुँदा यो बैंकको शेयरभाउ प्रतिकित्ता २५१.८० रुपैयाँ कायम छ। अब भोलि समायोजित मूल्यअनुसार नै कारोबार खुल्नेछ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले भोलि मंसिर २१ गतेदेखि वार्षिक साधारणसभा नभएसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर २० गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

बैंकले आफ्नो ३६ औँ वार्षिक साधारणसभा आउँदो पुस ७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट प्रस्तावित २०७९ असार मसान्तसम्म कायम चुक्तापुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँको कुल ११ प्रतिशतले हुन आउने २ अर्ब १ करोड ३८ लाख २९ हजार ५४६ रुपैयाँबराबरको लाभांश अनुमोदन गर्नेछ। 

प्रस्तावित लाभांशमा ४ प्रतिशतले हुन आउने ७३ करोड २३ लाख १ हजार ६५३ रुपैयाँबराबरको बोनस सेशेयर र ७ प्रतिशतले हुन आउने १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रुपैयाँबराबरको नगद लाभांश छन्। 

१ बर्ष अगाडि

प्रतिक्रिया