लाइफ इन्स्योरेन्स कर्पोरेशनद्धारा ३ लाख ३६ हजार मृत्यु दाबी भुक्तानी

१ बर्ष अगाडि

काठमाडौं- लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल मृत्यु दाबी भुक्तानी गरेको छ ।

 कम्पनीको गोरखा शाखाले भिमसेन थापा गाउँ पालिका –८ महादेबटारका स्वर्गीय श्याम बहादुर नेपालीको परिवारलाई मुत्यु दाबी भुक्तानी गरेको हो ।

नेपालीको श्रीमती मिश्री नेपालीलाई एलआईसी नेपालका गोरखा शाखा प्रमुख नवीन पाण्डेले बीमा वापतको ३ लाख ३६ हजार रुपैयाँको मृत्युदाबीको चेक हस्तान्तरण गरेका हुन् ।

नेपालीको केही महिना अगाडी नसा सम्बन्धि समस्या बाट निधन भएको थियो । उनले एलआईसीमा २ बर्ष अगाडि ३ लाख रुपैयाँको जीवन बीमा गरेका थिए । दुई किस्ताको १७,३४० ले ३४,६८० रुपैयाँ कम्पनीलाई भुक्तानी गरेका थिए ।

१ बर्ष अगाडि

प्रतिक्रिया