इसेवाले खाताबाट पैसा चोर्न सक्छ भन्दै प्रयोगकर्ताले चलाए बहिस्कार अभियान

४ बर्ष अगाडि

विद्युतीय भुक्तानी सेवाप्रदायक इसेवाले ग्राहकको खातामा रहेको रकम चोर्न सक्ने भन्दै सामाजिक सञ्चालमा बहिस्कार अभियान चलाइएको छ । 

इसेवाका सञ्चालकले आफू डेभलपर भएको अनलाइन सिस्टमभित्र अनाधिकृत रुपमा घुसेर समाचार डिलिट गरेपछि ईसेवाको विश्वासनियतामा प्रश्न उठेको भन्दै प्रयोगकर्ताहरुले बहिस्कार अभियान चलाएका हुन् । 

इसेवाको सहायक कम्पनी सिरान टेकले आफ्ना सञ्चालकको विषयमा समाचार आएपछि बुधबार ‘काठमाडौं प्रेस’ को समाचार डिलीट गरिदिएको थियो । 

कोरोना भाइरसविरुद्ध आवश्यक सामान खरिदको अनियमिततामा सामेल शिर्षककको समाचारमा इसेवाका सञ्चालक मध्येका एक अस्गर अलिको नाम पनि जोडिएपछि कम्पनीले अनलाईनलाई समाचार हटाउन पटक पटक धम्की दिएको र समाचार नहटाएपछि आफै अनाधिकृत रुपमा समाचार हटाएको काठमाडौं प्रेसका प्रबन्ध सम्पादक गोविन्द परियारले बताए । 

‘इसेवाले नेपालका बैंकहरूको अनलाइन कारोबार हेर्छ। इसेवासँग अहिले नै लाखौँ मानिसको व्यक्तिगत विवरण छ,’ परियारले भने,  ‘यस्तो अवस्था रहने हो भने इसेवाले मानिसको बैंक खाताबाट पैसासमेत चोर्न सक्छ।’

प्रबन्ध सम्पादक परियारले डेभलपर कम्पनीले सिस्टममा छिरेर ‘कन्टेन्ट’ डिलिट गरेपछि नेपालको डाटा सुरक्षामै प्रश्न उठेको बताएपछि इसेवाका प्रयोग कर्ताले बहिस्कार अभियान चलाएका हुन्  । 

किन इसेवा माथी एकाएक अविस्वास भयो
काठमाडौं प्रेस अनलाइनले बुधबार प्रधानमन्त्रीका आइटी विज्ञ अली, उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा स्वराज र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज चीनबाट कोरोना भाइरसविरुद्ध आवश्यक सामान खरिदको अनियमिततामा सामेल रहेको समाचार प्रकाशित गरेको थियो।

सिरान टेक कम्पनी र इसेवा एउटै सञ्चालकले चलाएका भगिनी कम्पनी हुन । नीहरू दुवै चीनबाट सामान खरिद अनियमिततामा जोडिएका प्रधानमन्त्रीका आइटी विज्ञ अस्गर अली सञ्चालक रहेकाे कम्पनी एफ वान सफ्ट मार्फत सञ्चालित सहायक कम्पनी हुन् । त्यसमध्ये इसेवाले विद्युतीय भुक्तानी र सिरान टेकले वेभसाइटको डिजाइन तथा डेभलपमेण्टको काम गर्छ ।  काठमाडौँ प्रेसको वेभसाइटको डिजाइन तथा डेभलपमेण्ट पनि सिरान टेकलेले गरेकाे छ । उनै अलीको नाम जोडिएपछि उसले अनलाइनको सिस्टमभित्रै घुसेर आफ्नो सञ्चालकविरूद्धको समाचार हटाइदिएको काठमाडौं प्रेसको दाबी छ। 

मंगलबार काठमाडौँ प्रेसले अस्गर अली समेतको नाम मुछेर समाचार प्रकाशन गरेपछि बुधबार सिरान टेक्नोलोजीज तथा मूल कम्पनी एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले फोन गर्दै समाचार हटाउन काठमाडौँ प्रेसका सम्पादकलाई दबाब दिएको काठमाडौं प्रेसले जनाएको छ । तर काठमाडौँ प्रेसले उक्त समाचार हटाउन नसकिने र समाचारमा चित्त नबुझे कानुनी उपचार खोज्न सुझाव दिएको थियो ।

समाचार हटाउन नमिल्ने जवाफ दिएपछि बुधबार बिहान ११ बजेर २० मिनेटमा सिरान टेक्नोलोजीका व्यवस्थापनका प्रज्वल महर्जनले काठमाडौँ प्रेसका सम्पादकलाई फोन गरी समाचार हटाउन पुनः दबाब दिएका थिए । तर समाचार हटाउन नसकिने जवाफ दोहोर्याएपछि उनीहरुले करिब ११ः२५ बजे उक्त समाचार डिलिट गरेको काठमाडौँ प्रेसले बताएको छ ।

काठमाडौँ प्रेसका अनुसार समाचार डिलिट गर्न नसकिने जवाफ दिए लगत्तै सिरान टेक्नोलोजीले नयाँ एडमिन क्रियट गरेको हो । समाचारको सम्बन्धमा आपत्ति जनाउँदै डिलिट गर्न दबाब दिएपनि काठमाडौं प्रेसले ‘साइट नचलाउनुस्, कन्टेन्टमा जाने तपाईंको अधिकार छैन’ भन्दै फोन राखेका थिए । तर त्यसको २ मिनेटमा नै  [email protected] नामबाट एडमिन क्रिएट गरी उक्त समाचार डिलिट गरिएको काठमाडौँ प्रेसले जनाएको छ ।

पढ्नुहाेस् : काम नलाग्ने कोरोना परिक्षण किट किनेर ७ करोड स्वाहा, मन्त्री र सल्लाहकारकै सेटिङमा कराेडाैंकाे चलखेल

सिरान टेक्नोलोजीजले आफ्नो अधिकारक्षेत्रमै नपर्ने समाचार डिलिट मात्र नगरेर डेढ घण्टा एडमिनमा समेत कब्जा जमाएको काठमाडौँ प्रेसले जनाएको छ । समाचार डिलिट भएको समय बिहान ११ः३० बजेदेखि अपरान्ह १ बजेसम्म न्युज पोष्ट गर्न समेत नमिल्ने गरी एडमिन कब्जा गरेको भन्दै यस्तो कार्य कदापि क्षम्य हुन नसक्ने काठमाडौँले प्रेसले बतायो ।

यसरी आफूलाई समाचारमा चित्त नबुझेपछि आफैले डिजाइन गरेको वेवसाईटभित्र अनाधिकृतरुपमा छिरेर समाचार डिलिट गरेपछि यसका प्रयोगकर्ता झस्किएका छन किनकी ईसेवाको ग्राहक बन्दा ग्राहकले आफ्नो ब्यक्तिगत जानकारीदेखि बैंकिङ्ग जानकारीसम्म सबै दिनुपर्छ । 

तर यसरी आफूलाई चित्त नबुझ्ने वित्तिकै मिडियामा समेत आक्रमण गर्नेले सर्वसाधारणलाई के बाँकी राख्लान भन्ने प्रश्न ग्राहकले उठाएका छन् । 

इसेवाबाट बाट भरोसा उठो, एफवन सफ्टको त्यस्तो कदमबाट हरेक मान्छेको मनमा 'हाम्रो इन्फरमेसन बेच्ने त होइन?, हाम्रो पैसा हराउने त होइन?  जस्तो प्रश्न उठ्नु स्वाभाविक छ । त्यो भन्दा ठूलो प्रश्न ‘के प्रम ज्यूको आईटी विज्ञलाई कानुन लाग्छ लाग्दैन ?’, ट्वीटरमा सुगम गेलालले लेखेका छन् । 

१० वर्षदेखि सेवा दिँदै आएको इसेवा सञ्चालकहरूले गरेकाे गलत कार्यकाे परिणाम नराम्राे हुने आँकलन गर्छन पत्रकार गजेन्द्र बुढाथोकी । 'ब्रान्ड बनाउन १० वर्ष लाग्छ, बिग्रन १० मिनेट। ईसेवावाले आज एक मिडियाको सिप्यानलमा अनाधिकृत प्रवेश गरेको परिणाम छिटै देखिनेछ', बुढाथाेकीले ट्वीट गरेका छन् । 

व्यक्तिका मात्र होईन बैंकका डाटा पनि चोरी हुन सक्छन् 

सञ्चालकहरुले विश्वासमा डेभलप र डिजाइन गर्न दिएको मिडियानै ह्याक गरेर समाचा हटाएपछि सिरानटेक कम्पनीको विश्वासनियतामाथी नै प्रश्न उठेको छ । उसले डेभलप गरेका अन्य वेवसाइटहरु पनि असुरक्षित देखिएको भन्दै सरोकारवालाहरुले प्रश्न उठाएका छन् । 

‘सिरानटेकले आफुले बनाएको साइटको समाचार हटाउने ल्याकत राख्छ भने उसले धेरै बैंकका वेवसाइट बनाएको छ । बैंकका डाटा र पैसा पनि त असुरक्षित देखियो नी हैन र?’, ट्वीटरमा ‘काजी’ तिर्जराजले लेखेका छन् । 

 ग्राहक भड्केपछि हतार हतार पैसा कमाउने अफर 

बुधबार दिनभर सामाजिक सञ्जालमा इसेवा सञ्चालक तथा इसेवाको चर्को आलोचना हुन थालेपछि  इसेवाले ग्राहक जोगाउन हतार हतार  ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । 

धमाधम इसेवाका ग्राहकले आफ्नो मोवाइलबाट एप्लीकेसन डिलीट गर्न थालेपछि इ सेवाले ग्राहक बढाउनका लागि एकजना व्यक्तिले अरुलाई इसेवा चलाउन सिकाएबापत प्रतिग्राहक रु ८० सम्म बोनस दिने योजना ल्याएको जनाएको छ । 

गएको माघमा इसेवाले ३० लाख ग्राहक रहेको सार्वजनिक गरेको थियो भने हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेको जनाएको छ । अहिले ग्राहकले ति ग्राहकको बैंकमा रहेको डाटा र नगद समेतको सुरक्षाको  ग्यारेण्टी नभएसम्म प्रयोग नगर्ने बताउन थालेका छन् । 

पढ्नुहाेस् : 

नेपालका ४८ बैंक तथा वित्तीय संस्था ह्याकरको जोखिममा, ग्राहककाे पैसा असुरक्षित भएपछि झस्किए बैंकरहरु

ग्राहक ढाँट्न इसेवाको झुट, भन्यो – ‘भगिनी संस्थासँग कुनै सम्बन्ध छैन’

 

४ बर्ष अगाडि

प्रतिक्रिया